(शान्तिको ध्वजा त म फ़र्फ़राउछु )^2
तर मेरो छोरोलाई बिउताउने कसले हो ?
गोली लागेर भर्खरै ऊ ढलेको छ
"तपाइँ नरुनु न बा " भनेर एकछिन भयो ऊ सुतेको छ
पुस्दै छु मा उसको छातीबाट बगिरहेको रगत
हास्दै छु मा आसु लुकाई ताकि मिलोस् उसलाई साहस
फेरी पनि शान्तिको ध्वजा त फ़र्फ़राउछु
जान्दिन यो छोरो नबिउतेसम्म कतिन्जेल बर्बराउछु ?
(युद्द र क्रान्ति हो रे यो)^2
इतिहासले आफैले आफैलाई दोहोर्याएको मात्र हो रे
हो यो परिवर्तनको कालखण्ड हो
महिना दिन अगाडिसम्म त्यहाँ बिध्यालय थियो
खै कुन बादीहरुले बम फोडे अरे
कलिला हात-खुट्टा अनि मुटुहरु छरपस्ट छरिए अरे
दिनमा तिनका बाबु-आमा त्यहाँ गएर रुन्छन
रातभरी ति बालबालिकाका आत्माहरु त्यहाँ भद्कनछन
माने, हात जोडे, निश्चयपनि यो परिवर्तन हो
केहि छैन हजुर, यो त इतिहास दोहोराएको मात्र हो
(घर जलेर खरानी भएको छ )^2
रैठानेहरु अब सुकुम्बासी भएको छ
कसले भन्छ यहाँ अन्धकार छाएको छ
बुझ न हो बुझ, यहाँ त परिवर्तन आएको छ
परिवारको गणना घटेको छ
गाउ ठाउ त अब बुढापाकाले मात्र भरिएको छ
एकनासको शान्त गाउले जीवनमा डर र त्रास छाएको छ
(अनि किन गर्भ गर्दैनन् त नेताहरु ) ^2
निश्चयपनि यहाँ परिवर्तन आएको छ
बम र गोलीका बाजाहरु बजाउदै आएको छ
घरमा बुहारीहरुलाई सेता पहिरण उपहार दिएको छ
हरेक पुरुषका आखामा आशुका धारा बगाएको छ
माने बा मैले माने, हाम्रो आकाशमा परिवर्तनको बादल छाएको छ
यो बुढो हातमा शान्तिको ध्वजा थमाएको छ
"बा म डाक्टरी पढ्छु नि है" भन्ने मेरो छोरोको छातीमा गोलीको तक्मा सजाएको छ
फेरी पनि म शान्तिको ध्वजा त फ़र्फ़राउछु
जान्दिन यस्तै परिबर्तनहरु नेताहरुको घरमा पनि आएको छ कि छैनन्
मेरो जस्तै उनीहरुका छोरो पनि निदाएका छन् कि छैनन्
थप्पडनै हान्दापनि उठ्दैन अब त्यो त
आमाचाहिले सारै बिलौना गरिसकी, फेरी पनि अटेरी बन्छ त्यो त
पहिले सारै सोझो, अहिले कस्तो जिड्डी भएछ मेरो छोरो त
कस्तो बिर्सेको मैले, यो त परिवर्तन पो त
जान्दिन म कतिञ्जेल यसरी बर्बराउछु
No comments:
Post a Comment