जिन्दगी

कहिले काही काडे तारको झ्याङमा अल्झिन्छ जिन्दगी
कोही साथी आएर फुकाइदिन्छ जिन्दगी
सोझो सिधा बाटोमा धेरै दौदिदैन जिन्दगी
फेरी दोबातो अनि चौबातोहरुमा अल्मलिन्छ जिन्दगी
कुनै अनुहार को त्रिश्ण बनेर कहिले फुल्दछ जिन्दगी
अनि कहिले कसैको माया पाउन आतुर हुन्छ जिन्दगी
धेरै एकान्तमा सोचेर अतासिन्छ जिन्दगी
मन यती हलुंगो भइदिन्छ कहिले हावा संगै बतासिन्छ जिन्दगी
केही नपाएपछी बारीको फर्सी झै तुर्लुङग झुन्दिन्छ जिन्दगी
अनि समयको खेलसङगै आँफै कुहिन्छ जिन्दगी
त्यस्पछी त हावा को एक झोकाले पनि छतछुल्ल पार्छ जिन्दगी

No comments:

Post a Comment