“अहा! कस्तो रमाइलो, आजफेरी "लौका" झुन्दियो”
"ऊ हेर्न|" ऊ करायो,"त्यो पिपल बोटमा
माथ्ला गाउको चौतारोमा, तल बेसीको कान्छाबाको आरुको बोटमा
" तिमीहरु किन अतासिन्छौ ?", प्रश्न माथि ऊ प्रश्न गर्छ,"त्यो "लौका" आज मात्र फलेको हो ?"
उत्तरको खोजिमा एकछिन तोलाउछ ऊ
प्रश्नहरुको बाणले समाजका "बिसिस्थ" व्यक्तिहरुलाई बिछब्द बनाउछ ऊ
ऊ के जान्दथ्यो त्यो त क्रान्तिको फल हो
ढोंग पित्दै हिंड्ने नपुन्सक कार्यकर्ताहरुले देखाएको निहत्था माथिको "बल्"हो
हो, त्यो क्रान्तिको फल हो
समाज परिवर्तनको लागि अत्यावस्यक एउटा खेल हो
त्यही "लौका" बात चुहिएको रगत क्रान्तिका दानबहरुको लागि जल हो
जल पिउदै अनि समाजभरी "लौका" झुन्द्याउदै
क्रान्तिको ढोल पित्नु पर्छ
चार जनाको सुखी परिवारमा अब तीन भएको छ
भोलि जेठो छोरोले पनि पुर्खाको "पौरख्" देखाउन हतियार उठाउँनेछ
चारको संख्या घटेर दुइको "सुखी" परिवार बन्नेछ
हो, क्रान्तिको यही "परिवर्तन" हरेक परिवारमा बाध्नुपर्छ
भात्किएका संरचनाहरुको उदाङगोपनामा कालो रङ्ग पोत्नुपर्छ
बिउझनु हुँदैन कोहि, यो क्रान्तिको समय हो,सबैले निदाएझै गर्नुपर्छ
झुन्डिएको लासलाई हेर्दै त्यो बहुलाझै हास्न सक्नुपर्छ|
तर, तर, ऊ के जान्दथ्यो, त्यो मानव सभ्यताको "खुद्किलो" हो भनेर
मात्र इतिहासको काला पानाहरु फेरी फेरी पल्टिएको हो भनेर
उसले त केवल त्यो लास झुन्दिएको देख्यो
अनि अप्रत्यासित गतिमा तल बेसीतिर कुद्यो
बाटोमा भेटेजति सबैलाई रमाइ रमाइ भन्यो
"आज फेरी चौतारोमा "लौका" झुन्द्यो|"
नेपालमा क्रान्तिको समयमा क्रान्तिकारीहरुले धेरैलाई झुण्डाएर मारे | त्यहिँ परिपाटीलाई चित्रांकन गर्न एउटा घटनाको परिकल्पना गरेर लेखिएको हो| झुन्डिएको लासलाई देखेर एउटा बाहुलाले लासलाई "लौका"को दर्जा दिन्छ
No comments:
Post a Comment