धान झुल्यो … पहराका खेतभरि धान झुल्यो
बगैंचाभरि सयपत्री फुल्यो
हो … गाउँघर सहरमा फेरी एकपटक दशैं आयो
हुस्सु, अनि कुहिरो माझबाट चिहाएर हर्षको लहर ल्यायो ।
खाउला पिउला … सानी बहिनी औला भाच्छे
यो पाली त नया कुर्ता हाल्छु , संगिनी भन्छे
दाजू आउछु भनेको छ यो पाली , बहिनी दिन गन्छे
अनि पियारी … यसपालि हजुरको हातबाट टिका लाउछु भन्दै परदेशी पतिको बाटो कुर्छे ।
यो माहोल नै कस्तो कस्तो
मन यसै खुशी भए जस्तो
त्यो नव जोडी ससुराली हिडेको हेर्दा
रातो टिका र जमरामा, लजाई लजाई हात समाई हिडेको हेर्दा
हो, यो मन भन्छ पक्कै दशैं आयो
सयपत्रीमा भमरामात्र हैन, हेर्ने जति सबैको मन रमायो
साना बालबालिकाले नया स्मृतिहरू सजायो
बुडापाकाहरुले तिनैमा आफ्नो बाल्यपनको झल्को पायो
अनि… हामी जस्ता बिदेसिएका घरहरुमा पर्देसी छोरो फर्केर घर सजायो
गर्नु केहि बिशेष नभए पनि उपस्थितिमात्रले पनि उमङ्ग ल्यायो
हो … पक्कै दशैं आयो
No comments:
Post a Comment